नेपाल सरकार
उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्रालय
उद्योग विभाग
स्टार्टअप कर्जाका लागि परियोजना प्रस्तावको क्रममा धेरै सोधिएका प्रश्नहरू (FAQs)
१. एकल शेयर धनीले स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न किन नपाउने ?
उत्तर : नविनतम सोच, ज्ञान, सिप र क्षमता भएका उद्यमीहरुले समूहलाई लक्षित गरिएकाले एकल शेयर धनीले स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न नमिल्ने व्यवस्था रहेको छ।
२. PAN , वडा वा स्थानीय निकायमा मात्र दर्ता भएकोले स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न किन नपाउने ?
उत्तर : साझेदारी फर्म र कम्पनीलाई प्रस्तावक मानिने व्यवस्था कार्यविधिमा रहेकाले सोही बमोजिमलाई मात्र स्टार्टअप कर्जाका लागि योग्य मानिने प्रावधान रहेको छ।
३. अब संसोधन गरी shareholder थपी आएकोलार्इ कर्जा दिने वा नदिने ?
उत्तर : चैत्र १६, २०७९ मा सूचना प्रकाशन गरिएकाले सूचना पूर्वको अवस्था मान्य हुने छ।अर्थात् अब थप गरेकोलाई योग्य ठहरिने छैन।
४. महिला उद्योमीलाई प्रोत्साहन गर्न यस्तो अफर किन नल्याएको?
उत्तर : स्टार्टअप उद्यम कर्जाका लक्षित समूहमा महिला समेत पर्छन्।
५. पहिले नै अन्य BANK बाट LOAN लिएको भए यो कर्जा पाउने कि नपाउने ?
उत्तर : कर्जा सूचना केन्द्रबाट कालोसूचिमा नपरेको फर्म वा कम्पनीको स्टार्टअप परियोजना धितो राखी ऋण प्रवाह हुने भएकाले कर्जा पाउने प्रावधान छ।
६ कर्जा कति किस्तामा तिर्नु पर्ने (बार्षिक वा मासिक) हो?
उत्तर : कर्जा प्रवाह गर्ने बैंकको नियमानुसार हुने प्रावधान रहेको छ।
७.पछि गएर व्याज दर ३% बाट बढने त होइन नि?
उत्तर : अधिकतम ७ वर्षका लागि प्रवाह हुने स्टार्टअप कर्जाको ब्याजदर ३% मा सीमित हुनेछ।
८.स्टार्टअप कर्जा कति जना ले पाऊने हो?
उत्तर : बजेट सीमा बमोजिम हुने भएकाले हाललाई १०० वटा परियोजना अनुमान गरिएको छ।