उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि
/ उद्योग विभागको परिचय

उद्योग विभागको परिचय

अध्यावधिक मिति २०८२ कार्तिक २८ गते शुक्रबार

औद्योगिक विकासको माध्यमवाट नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने क्रममा उद्योग सम्वन्धी नीति नियम तथा कानूनको कार्यान्वयनको लागि जिम्मेवार रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभागहरु मध्ये उद्योग विभाग पनि एक हो । औद्योगिक व्यवसाय ऐन, २०७६ लागू भए पछि अनुसूचि १ मा उल्लिखित अनुमति लिनुपर्ने उद्योग, विदेशी लगानीमा स्थापना हुने उद्योग, नेपालको संविधानको अनुसूची-५ मा उल्लिखत विषयसँग सम्बन्धित उद्योग, दुई वा दुईभन्दा बढी प्रदेशको कार्यक्षेत्र भएको उद्योग र कुटनीतिक मामिला सम्बन्धी शैक्षिक परामर्श सेवाहरुसँग सम्बन्धित उद्योग यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । यसै गरी औद्योगिक सम्पत्ति (ट्रेडमार्क, डिजायन र पेटेन्ट) दर्ता तथा संरक्षण सम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । उद्योग विभागवाट सम्पादन गरिने मुख्य मुख्य कार्यहरु निम्न बमोजिम छन् ।

विभागको काम, कर्तव्य र अधिकार

उधोग  वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभाग रहेको यस विभागलाई तोकिएका कार्यहरु देहाय बमोजिम छन ।

  • औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्ने । ।
  • औद्योगिक एवं विदेशी लगानी कानून र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउने ।
  • उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने ।
  • विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्ने ।
  • विदेशी लगानीकर्ताहरुको प्रवेशाज्ञा (VISA) सिफारिश गर्ने ।
  • औद्योगिक सुविधा तथा सहुलियत सिफारिश गर्ने ।
  • औद्योगिक सम्पत्ति सम्वन्धी प्रशासनिक कार्यहरु गर्ने ।
  • उद्योगहरुको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने ।
  • उद्योगहरुको कच्चा पदार्थ खपतको Norms तयार गर्ने ।
  • आवश्यकतानुसार उद्योगहरुको वातावरणीय पक्ष लगायतका विषयहरुको अनुगमन गर्ने ।
  • भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पतिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने ।
  • औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र  एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्य गर्ने ।

विभागका सुचनाहरु

Monthly Report of Foreign Direct Investment Approval of Shrawan -2083
 ५ दिन अगाडि
सूचना समाचार
खुला आसयपत्र माग गरिएको सूचना
 ६ दिन अगाडि
बोलपत्र
Why invest in nepal? (Chinese language)
 ७ दिन अगाडि
ब्रोसियर
Why invest in nepal? (Japanese language)
 ७ दिन अगाडि
ब्रोसियर
Why invest in nepal? (Korean language)
 ७ दिन अगाडि
ब्रोसियर
प्रेस विज्ञप्ति
 १ हप्ता अगाडि
प्रेस विज्ञप्ति
उद्योग विभागको अत्यन्त जरुरी सूचना
 ३ हप्ता अगाडि
सूचना समाचार

 KriwiAI

close
send