/ सूचना समाचार

उद्योग विभागको न्यूरोड स्थित घरजग्गा भाडामा दिने सम्बन्धि सिलबन्दी बोलपत्र अहवान

उद्योग विभाग २०७९ जेठ १६ गते सोमबार ००:००:०० बजे

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौं

उद्योग विभागको न्यूरोड स्थित घरजग्गा भाडामा दिने सम्बन्धि सिलबन्दी बोलपत्र अहवान।         

प्रथमपटक प्रकाशित मितिः-२०७९/०२/१६

 

१.      काठमाडौं जिल्ला का.म.न.पा वडा.नं. 24 न्यूरोड स्थित उद्योग विभाग त्रिपुरेश्वरको स्वामित्त्वमा रहेको कित्ता नं. 188 जग्गामा निर्मित 135.11 वर्ग मिटर क्षेत्रफल भएको 2(दुर्इ) तले भवन हाल जुन अवस्थामा रहेको छ सोही  वमोजिम कम्तिमा 3 (तीन) वर्षको लागि भाडामा लिन इच्छुक व्यक्ति वा फर्म /कम्पनीबाट रितपूर्वकको सिलवन्दी वोलपत्र आहवान गरिन्छ।

सि.नं.

विवरण

क्षेत्रफल

कि.नं.

तला

भाडा निर्धारित समितिले तोकेको न्यूनतम मासिक भाडादर

बोलपत्र जमानत रकम रू

1.

घर

१३५.११ वर्ग मिटर

१८८

2

रू.8,28,344।-

रू.8,28,344।-

२.      इच्छुक व्यक्ति वा फर्म /कम्पनीले राजश्व शिर्षक नं.14229, कार्यालय कोड नम्बरः-307013501 ग्लोबल आइ.एम. र्इ.बैक त्रिपुरेश्वर शाखामा रहेको यस विभागको खाता नं.0004010000001 मा रू.1,000।-(एक हजार) रूपैंया (फिर्ता नहुने गरि) वुझाएको सक्कल प्रति भौचर लिखित निवेदन, व्यक्तिको हकमा  नागरिकताको प्रमाणित प्रतिलिपी संस्थाको हकमा फर्म दर्ता, PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी र आ.व.2077/078 को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी पेश गरि यो सुचना प्रकाशित भएको मितिले 30औ दिन सम्म अथवा मिति 2079/०3/१४गते कार्यालय समय भित्र उद्योग विभाग त्रिपुरेश्वर काठमाडौंबाट वोलपत्र खरिद गर्न सकिनेछ।

३.      वोलपत्रदाताले यस विभागवाट खरिद गरिएको बोलपत्र कागजात (सक्कलै) भरी सिलवन्दी गरि यो सुचना प्रकाशित भएको मितिले 31औ दिन अर्थात मिति2079।०3।१५गते 12:०0 वजे भित्र यस विभागमा बुझार्इ सक्नु पर्नेछ।तोकिएको मिति र समय पश्चात प्राप्त भएका  वोलपत्रहरू स्वीकार गरिने छैन।

४.      प्राप्त सिलवन्दी वोलपत्रहरू यो सुचना प्रकाशित भएको मितिले 31औ दिन अर्थात मिति2079।०3।१५गते दिनको 2:00 वजे वोलपत्रदाताको  तर्फबाट उपस्थित प्रतिनिधिहरूको रोहवरमा यस विभागमा खोलिनेछ। तर कुनै वोलपत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि वोलपत्र खोल्ने कार्यमा वाधा पर्ने छैन।

५.      वोलपत्र जमानत बापतको रकम रू.8,28,344।-(आठ लाख अठ्ठार्इस हजार तीन सय चौवालिस रूपैया)यस विभागको नाममा राष्ट्रिय वाणिज्य बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं.1700100102030000 मा सम्बन्धित वोलपत्रदाताको नामबाट जम्मा भएको सक्कल भौचर वा कुनै वाणिज्य बैकले वोलपत्र दाखिला गर्ने अन्तिम दिनबाट कम्तिमा 120(एक सय बीस दिन) दिन मान्य अवधि कायम रहेको शर्त रहितको सम्बन्धित वोलपत्रदाता कै नाममा रहेको बैंक ग्यारेण्टीको सक्कल प्रति वोलपत्र साथ संलग्न हुनु पर्नेछ।

६.      वोलपत्र दाखिला गर्ने अन्तिम दिन तथा वोलपत्र खोलिने दिन सार्वजनिक विदाको दिन परेमा ति कार्यहरू त्यसको लगत्तै  कार्यालय खुलेको दिन सोही  समयमा हुनेछ।

७.      एउटा व्यक्ति वा निजको एकासंगोलको परिवार वा निजको एकासंगोलको परिवार सदस्य आवद्व रहेको फर्म/कम्पनी  संस्थाले एउटा मात्र वोलपत्र पेश गर्न सक्नेछ।

८.      वोलपत्रदाताले वोलपत्र दाखिला गर्नु अगावै उक्त घरजग्गाको स्थलगत अवलोकन गर्न चाहेमा यस विभागमा सम्पर्क गरि अवलोकन गर्न सक्नेछ।

९.      वोलपत्रदाताले पेश गरेको सिलवन्दी वोलपत्र स्वीकृत गर्ने वा नगर्ने बारे सम्पूर्ण अधिकार यस विभागमा रहने छ।

१०. वोलपत्र सम्बन्धी अन्य जानकारी आवश्यक भएमा यस विभागमा सम्पर्क गर्न सकिनेछ।

                                                                                                                                                                     उद्योग विभाग त्रिपुरेश्वर काठमाडौं

                                                                                                                                                                                फोनः015359855

 

 

                                                                             

 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप सूचना समाचार