/ सूचना समाचार

स्टार्टअप कर्जाका लागि परियोजना प्रस्तावको क्रममा धेरै सोधिएका प्रश्नहरू (FAQs)

उद्योग विभाग २०७९ चैत्र ३० गते बिहीबार १२:००:०० बजे

नेपाल सरकार

उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्रालय

उद्योग विभाग


स्टार्टअप कर्जाका लागि परियोजना प्रस्तावको क्रममा धेरै सोधिएका प्रश्नहरू (FAQs)

१. एकल शेयर धनीले  स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न किन नपाउने ?

उत्तर : नविनतम सोच, ज्ञान, सिप क्षमता भएका उद्यमीहरुले समूहलाई लक्षित गरिएकाले  एकल शेयर धनीले  स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न नमिल्ने व्यवस्था रहेको छ। 

२. PAN , वडा वा स्थानीय निकायमा मात्र दर्ता भएकोले  स्टार्टअप कर्जाका लागि प्रस्ताव गर्न किन नपाउने ? 

उत्तर : साझेदारी फर्म कम्पनीलाई प्रस्तावक मानिने व्यवस्था कार्यविधिमा रहेकाले सोही बमोजिमलाई मात्र  स्टार्टअप कर्जाका लागि योग्य मानिने प्रावधान रहेको छ।

. अब संसोधन गरी shareholder थपी आएकोलार्इ कर्जा दिने वा नदिने ?

उत्तर : चैत्र १६, २०७९ मा सूचना प्रकाशन गरिएकाले सूचना पूर्वको अवस्था मान्य हुने छ।अर्थात् अब थप गरेकोलाई योग्य ठहरिने छैन।

. महिला उद्योमीलाई प्रोत्साहन गर्न यस्तो अफर किन नल्याएको?

उत्तर : स्टार्टअप उद्यम कर्जाका लक्षित समूहमा महिला समेत पर्छन्। 

पहिले नै अन्य BANK बाट LOAN लिएको भए यो कर्जा पाउने कि नपाउने ?

उत्तर : कर्जा सूचना केन्द्रबाट कालोसूचिमा नपरेको फर्म वा कम्पनीको स्टार्टअप परियोजना धितो राखी ऋण प्रवाह हुने भएकाले कर्जा पाउने प्रावधान छ।

 कर्जा कति किस्तामा तिर्नु पर्ने (बार्षिक वा मासिक) हो?

उत्तर : कर्जा प्रवाह गर्ने बैंकको नियमानुसार हुने प्रावधान रहेको छ। 

.पछि गएर व्याज दर % बाट बढने होइन नि?

उत्तर : अधिकतम वर्षका लागि प्रवाह हुने स्टार्टअप कर्जाको ब्याजदर % मा सीमित हुनेछ।

.स्टार्टअप कर्जा कति जना ले पाऊने हो?

उत्तर : बजेट सीमा बमोजिम हुने भएकाले हाललाई १०० वटा परियोजना अनुमान गरिएको छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप सूचना समाचार